मध्यपूर्व क्षेत्रमा हवाई प्रतिबन्धका कारण ६ वटा उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । 

सोमबार जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । 

‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्,’ उनले भने, ‘विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ ।’ 

महाप्रबन्धक सिटौलाले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर थप जानकारी लिन सबैमा आग्रह गरे । 

Share News