कांग्रेसको केन्द्रीय समिति बैठक आज, कार्त्तिकमा १५ औं महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार (आज) मध्यान्ह १ बजे बस्दैछ । बैठक सभापति गगनकुमार थापाको अध्यक्षतामा बस्न लागेको हो ।

आमनिर्वाचन २०८२ को परिणामपछि सभापति थापाले दिएको राजीनामा यसअघि बसेको केन्द्रीय समिति बैठकले अस्वीकृत गरेको थियो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ । 

बैठक विशेषत: १५ औं नियमित महाधिवेशनमा केन्द्रित हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । 

वैशाखमा हुने भनिएको १५ औं महाधिवेशन कार्त्तिकमा गर्नेगरी छलफल हुने ती केन्द्रीय सदस्यले बताए ।

Share News