काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा मत माग्न नजाने र मत नदिनेहरूले राजीनामा माग्नुको औचित्य नभएको बताएका छन् ।
मंगलबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिने सोच बनाएको भए पनि प्राविधिक कारणले राजीनामा सम्भव नभएको बताए ।
त्यस्तै, उनले कांग्रेसमा नयाँ अध्यायको सुरुवात भएको बताए । आगामी १५ औं नियमित महाधिवेशनले यो अध्यायायलाई निष्कर्षमा पुर्याउने थापाको भनाइ रहेको छ ।
थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिएका थिए । राजीनामाको बारेमा केन्द्रीय समितिमा भएको छलफल र त्यसलाई अस्वीकार गर्ने कार्यलाई उनले पुरानै अध्याय भनेका छन् । आजबाट सुरु भएको जिम्मेवारीलाई थापाले नयाँ अध्याय मानेका छन् ।