काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाकी ३७ वर्षीय राधिका बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
बस्नेत ८० लाख १५ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । उनीविरुद्ध काठमाडौंका विभिन्न प्रहरी वृत्तमा उजुरी परेको थियो ।
बस्नेत विरुद्ध बैंकिङ कसुरमा ७ र वैदेशिक रोजगारीमा दुईवटा मुद्दा रहेको कार्यालयले जनाएको छ ।