मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन बैशाख १२ गते सकिने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर ‘लकइन’ अवधि २०८३ वैशाख १२ गते सकिने भएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४३ लाख ७ हजार १०३ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार संस्थापक सेयरधनीतर्फ ३७ लाख ९८ हजार ८३ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातर्फ ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फ ३ हजार २४० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । 

यद्यपि, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने सेयर खरिद-बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

Share News