बालेन सरकारसँग सहकार्य गर्न अमेरिका तयार, रविलाई फोन गरेर दियो बधाई

काठमाडौं । नेपालमा नयाँ बन्ने सरकारसँग अमेरिका सहकार्य गर्न तयार रहेको बताएको छ।  

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेषदूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिँदै सहकार्यका लागि तयार रहेको बताएका  हुन् । 

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ । अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ ।’

Share News