जेष्ठ सदस्य केसीले लिए सपथ, सभामुख निर्वाचित नहुँदासम्म जिम्मेवारी निर्वाह गर्ने

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले सपथ ग्रहण गराएका हुन् ।

७८ वर्षीय केसी संसदका जेष्ठ सदस्य हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । 
सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको सभापपतिको भूमिका निर्वाह गर्नेछन् । 


 

Share News