भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु

काठमाडौं । शंकर समूहअन्तर्गत नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार (आज) देखि काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरु गरेको छ । 

चैत १६ गतेसम्म चल्ने यस मेलाको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल, कार्यकारी निर्देशक अखिल गुप्ता, टीभीएसका कन्ट्री हेड अश्विन श्रीनिवासन, भाइस प्रेसिडेन्ट दीपक राैनियार, ब्रान्ड एम्बेसडर एवं अभिनेता प्रदीप खड्का र राष्ट्रिय क्रिकेटर कुशल भुर्तेलले गरे । 

उद्घाटनकै दिन ५०० भन्दा बढी आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले दावी गरेको छ ।

मेलामा ग्राहकहरूले टीभीएसका कम्युटर, प्रिमियम र इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण सवारी साधनहरूको प्रत्यक्ष अवलोकन र टेस्ट राइड गर्न पाउने व्यवस्था मिलाइएको छ ।

ग्राहकको सुविधाका लागि मेलामा ५० भन्दा बढी रिकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागिता रहेको छ, जहाँ पुराना सवारी साधनको सुनिश्चित र प्रतिस्पर्धात्मक मूल्यांकनसहित तुरुन्तै एक्सचेन्ज गर्ने सुविधा उपलब्ध छ । 

विशेष अफरका रूपमा कम्पनीले ८ हजार रुपैयाँसम्मको भ्यालु एडिसन, ७ हजार रुपैयाँ नगद छुट र मात्र ३ हजार ७१० रुपैयाँको सुरुवाती मासिक किस्ता (ईएमआई) मा नयाँ बाइक वा स्कुटर घर लैजान सकिने योजना अघि सारेको छ । खरिद प्रक्रियालाई सहज बनाउन मेलास्थलमै फाइनान्स परामर्श र मूल्यांकनका लागि विशेष काउन्टरहरू समेत स्थापना गरिएका छन् ।

व्यापारिक गतिविधिका साथै मेलालाई थप मनोरञ्जनात्मक बनाउन दैनिक रूपमा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल र विभिन्न एक्टिभेसनहरू सञ्चालन भइरहेका छन् । 

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताले पहिलो दिनको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको र मेला अवधिभर नयाँ मोडेलहरू सार्वजनिक गर्ने योजना समेत रहेको बताए ।

nullnullnullnullnullnullnullnullnull

Share News