उद्योगमन्त्री सिन्हाले ६ महिनामा के-के गरे काम ?

सार्वजनिक गरे १६६ वटा कामको फेहरिस्त

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आफूले गरेका काम सार्वजनिक गरेका छन् । उनले जेनजी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारको मन्त्रीका रुपमा गरेको कार्यप्रगति सार्वजनिक गरेका हुन् ।
 
उनले उद्योगन्त्रालय अन्तर्गत पर्ने विभिन्न १६६ वटा काम गरेको दाबी गरेका छन् । कार्यप्रगति सार्वजनिक गर्दै उनले  सार्वजनिक सेवाको प्रभावकारिताको अभिवृद्धिको लागि तत्काल सुधार कार्ययोजना, २०८२ को तर्जुमा गरी कार्यान्वयन भैरहेको, जेन–जी आन्दोलनका क्रममा जलेका सवारी साधन तथा अन्य भौतिक सम्पत्तिको क्षति तथा नोक्सानीको विवरण मातहतका सबै निकायसँग माग गरी एकीकृत विवरण तयार गरिएको।साथै, मिनाहा तथा लिलाम बिक्रीका सम्बन्धमा मुचुल्का सहितको विवरण संकलन भएको कार्यप्रगतिमा उल्लेख गरेका छन् । 

 

Share News