प्रहरीको हेल्मेटसहित काठमाडौंबाट लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । दिउँसो र रातिको समय पारेर लागूऔषध कारोबार गर्ने तीन जना व्यक्ति बालाजुबाट पक्राउ परेका छन् । 

सोमबार बालाजुबाट लागुऔषध खैरो हिरोईन जस्तो पदार्थ १८ ग्रामसहित धनुषाका १९ वर्षीय आदित्य मण्डल, भारतका २७ वर्षीय जितु राय र सिन्धुलीका ४१ वर्षीय उत्तरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट खैरो हिरोईन जस्तो पदार्थ १८ ग्राम, नेपाली नगद ५६ हजार र भारतीय २ हजार ८ सय रुपैयाँ बरामत गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी, जेन्जी आन्दोलनको क्रममा लुटिएको प्रहरी हेल्मेट १ थान र मोबाइल ३ थान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीबाट हतियार देखाई डाँका गरेकोले कार्कीमा मुद्दा चलेको थियो।

त्यसैगरी, २०७७ भदौ ४ गते जिल्ला प्रहरी परिसरबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कार्कीलाई मुद्दा चलेको थियो ।   

Share News