काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत हेरेर सपथ लिने परम्परामाथि टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयमाथि टिप्पणी गरेका हुन् ।
उनले यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको उल्लेख गरेका छन् ।
‘उनले लेखेका छन्, ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त ।’
बालेन्द्र शाह (बालेन)ले साइत हेरेर सपथ लिने विषय सार्वजनिक भएपछि उनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका हुन् ।
उनको सपथमा सात वटा शंख एकसाथ बजाइनेछ भने १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्ने तयारी छ । शपथ ग्रहण समारोहमा १६ जना भिक्षुहरूले अष्ठमंगल पाठ गरी कार्यक्रमलाई धार्मिक विधिअनुसार सम्पन्न गर्ने तयारी गरिएको छ ।