काठमाडौं । कुनै बेलाका सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामबहादुर थापा (बादल) संसदको एउटै टेबलमा देखिएका छन् । बिहीबार नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा प्रचण्ड र बादल एकै टेबलको कुर्सीमा बसेका हुन् ।
तत्कालीन माओवादी केन्द्रमा हुँदा दाहाल अध्यक्ष र थापा उपाध्यक्ष थिए । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि बादल एमालेमा गए ।
अहिले दाहाल पश्चिम-रुकुमबाट निर्वाचित भएर संसद प्रवेश गरेका छन् भने थापा नेकपा एमालेको समानुपातिक कोटाबाट संसदमा प्रवेश गरेका हुन् ।