काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २९५० बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै एसवाइ प्यानलको ७१ करोड, नेसनल हाइड्रोको ४६ करोड, रिडि पावरको ४५ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फोरेस्ट, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।