गृहमन्त्रीमा सुदन गुरुङ, रास्वपाबाट को–को बन्दै छन् मन्त्री ?

काठमाडौं । देशको ४३औं प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् ।

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । आजै दिउँसो १२ः ३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

रास्वपा कोषाध्याक्ष लिमा अधिकारीका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल मन्त्री बन्ने भएको छ । त्यस्तै, पर्यटन मन्त्रीमा गणेश पौडेल, उद्योगमन्त्री अमरेश सिंह, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल  र ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ बन्ने भएका छन् । 

Share News