काठमाडौं । बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्न लागेको नयाँ सरकारको शिक्षामन्त्री सस्मित पोखरेल बन्ने भएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका पोखरेल शिक्षामन्त्री बन्न लागेका हुन् ।
पाेखरेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै पौडेललाई हराएका थिए ।
प्रदीपले भने ९ हजार १ सय ५९ मत प्राप्त गरेका थिए । उनीसँगै प्रतिस्पर्धामा नेकपा एमालेका ईश्वर पोख्रेल पनि प्रतिस्पर्धामा थिए । कांग्रेस र एमालेका प्रखर नेतालाई पराजित गर्दै सस्मितले संसदीय यात्रा तय गरी शिक्षामन्त्री बन्न लागेका हुन् ।