समानुपातिक सांसद निशा मेहता स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं । स्वाथ्यमन्त्रीमा निशा मेहता नियुक्त हुने भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी क्लष्टरबाट समानुपातिक सांसद बनेकी हुन् ।

पेशाले स्वास्थ्यकर्मी रहेकी निशाको घर सुनसरीको इनरुवा हो । उनी नर्स भएपनि रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा आवद्ध थिइन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि रास्वपाले निशालाई समानुपातिक सांसद बनाउने प्रयास गरेको थियो । 

पहिलो पटक सफल नभएकी निशा दोस्रो पटक भने सांसदसँगै मन्त्री बन्न लागेकी हुन्।

निशा सांसद बन्नु अघि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । सांसद बन्नु अघिल्लो दिनसम्म अस्पतालमा कार्यरत उनले सांसद बनेपछि राजीनामा दिएकी थिइन् ।

Share News