काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी अमरेशकुमार सिंहले आफू मन्त्री बन्न नचाहेको बताएका छन् । सिंहले आफू सुरुदेखि नै मन्त्री बन्न इच्छुक नभएको बताउँदै आएका थिए ।
निर्वाचनको समयमा पनि उनले आफूलाई मन्त्रीको चाहना नरहेको बताएका थिए ।
पछिल्लो बालेन्द्र शाह क्याबिनेटमा उनको नाम उद्योगमन्त्रीको रूपमा चर्चामा आएपछि उनले आफूलाई मन्त्री नबनाउन प्रधानमन्त्रीलाई जानकारी गराएको सिंह निकट स्रोतले बतायो ।