प्रधानमन्त्री बालेनको सपथ ग्रहणमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ३ जना अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सपथ ग्रहण समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी भएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका हुन् । 

तर, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली सपथ ग्रहण समारोहमा अनुपस्थित देखिएका छन् ।

पूर्वप्रधानमन्त्री चन्द विरामी रहेकोले उनि उक्त समारोहमा सरिक हुन नसकेको पारिवारिक स्रोतले बताएको छ । अर्का पूर्वप्रधानमन्त्री देउवा हाल विदेशमा रहेका छन् । पूर्वप्रधानमन्त्री ओली पनि उक्त समारोहमा देखिएका छैनन् । 

 

Share News