प्रधानमन्त्री मोदीले दिए समकक्षी बालेनलाई बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री मोदीले शाहको नियुक्तिलाई नेपाली जनताको विश्वास र आकांक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन् । 

उनले नयाँ नेतृत्वले नेपाललाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउनेतर्फ आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षासमेत राखेका छन् ।

Share News