काठमाडौं । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको शपथ ग्रहणपछि पहिलो मन्त्रिपरिषद बैठक आजै बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू आउन थालेका छन् ।
अहिले बालेन र रविबीच प्रधानमन्त्री कार्यालयभित्रै छलफल भइरहेको बुझिएको छ ।