गृहमन्त्री गुरुङले भने– कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु

पदभार ग्रहण गर्न आफ्नो कार्यालय जाँदै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ।

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । 

उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् । उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुस्ख दिने काम गर्न नहुने बताए ।

‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको मागअनुसार हामी आएको हाैं । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ उनले भने ।

सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रहसमेत गरे ।

Share News