काठमाडाै । दोलाखाको लाप्चा–चारिकोट क्षेत्रमा मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ । कलसाइन ९एन–एनओ नम्बरको उक्त हेलिकप्टर दिउँसो १२ : १७ बजे उडान भरेपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरमा ४ जना यात्रु र १ जना चालक दल सदस्य ५ जना सवार थिए । हेलिकप्टर पाइलट क्याप्टेन सुरज थापाले चलाएको पाईएको छ ।
सम्पर्कविहीन भएको खबरपछि सम्बन्धित निकायले उक्त क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको जनाएको छ । डोलखाको दुर्गम भौगोलिक अवस्था र सम्भावित खराब मौसमका कारण खोजी कार्यमा चुनौती हुन सक्ने बताइएको छ।