काठमाडौं । स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छिन् । शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।
तर उनले कुनै निर्णय भने गरेकी छैनन् ।
मेहताले स्वास्थ्य जनशक्ति विदेश जाने प्रणालीलाई रोक्न पहल गर्ने बताइन् ।
अहिले चिकित्सक नर्सदेखि स्वास्थ्यका अधिकांश विधाका जनशक्ति विदेश पलायन हुनेक्रम रहेकाले कसरी रोक्न सकिन्छ भन्ने विषयमा पहल गर्ने मेहताले जानकारी दिइन् ।
नर्स पेशाबाट मन्त्री बनेकी मेहताले नर्सहरूको समस्या नजिकबाट नियालेको र आफैले समेत भोगेको बताउँदै नर्सका समस्या समाधान गर्न लाग्ने बताइन् ।
उनले स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि सक्दो प्रयास गर्ने बताएकी छिन् ।