कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारले गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सरकारका नवनियुक्त प्रवक्ता तथा शिक्षा सस्मित पोखरेलले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ । अन्तरिम सरकारले सो प्रतिवेदन सार्वजनिक पनि गरिसकेको छ । 

Share News