सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित अवतरण

काठमाडौ । दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सोही ठाउँमा अवतरण भएको पाइएको छ ।

मुस्ताङ एयरका सेप्टी म्यानेजर प्रकाश मानन्धरका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो । यसबारे पूर्ण जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए । 

कलसाइन एन–एएनओ हेलिकप्टरमा पाँच जना सवार उक्त हेलिकप्टर आज मध्यान्हदेखि सम्पर्कविहीन भएको थियो । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टरमा हाइड्रोपावरका टिम सवार थिए । 

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।

सम्पर्कविहीन हेलिकप्टर पाइलट सुरज थापाले उडाएका थिए
 

Share News