काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।