गृहमन्त्री सुधन गुरुङले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ प्रतिशोधन नभई न्यायको सुरुवात भएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’