काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग््रेस नेता रमेश लेखकको सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्न ११ बजे पदाधिकारी बैठक आव्हान गरेको छ । एकजना पार्टी पदाधिकारीका अनुसार बिहान ११.३० मा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको प्रशिक्षण कार्यक्रम रहेको छ ।
त्यसभन्दा पहिले पछिल्लो घटनाक्रम बारे धारणा बनाउन पदाधिकारी बैठक बस्दै छौ ती पदाधिकारीले भने ।
कांग्रेसको चौधौं महाधिवेशनको संस्थापन समूहले भने पछिल्लो घट्नाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । नेता डा.प्रकाश शरण महतका अनुसार यो कदम अत्यन्तै अलोकतान्त्रिक कदम हो । ‘यसबारे आधिकारिक धारणा बनाउन र यसको प्रतिवाद कसरी गर्ने भन्ने सन्दर्भमा हामी केही छिनमै बैठक बस्दै छौ,’ महतले भने ।