काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्षलाई लक्षित गर्दै 'नयाँ युगको नयाँ राइड' नामक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा तथा अप्रिलिया शोरूममार्फत उपलब्ध हुनेछ ।
नयाँ वर्षको अवसरमा ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाअन्तर्गत स्कुटर नगदमा खरिद गर्दा ८ हजार ३०० रुपैयाँसम्म नगद छुट प्राप्त हुनेछ भने एक्सचेञ्जमार्फत खरिद गर्दा १० हजार रुपैयाँ अतिरिक्त बोनस उपलब्ध गराइनेछ । साथै बजारकै न्यून ४.९९ प्रतिशत ब्याजदरमा किस्ता सुविधा (ईएमआई) समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई ब्रान्डेड हेल्मेट र स्कुटर कभरजस्ता निःशुल्क एक्सेसरीज प्रदान गरिनेछ । अभियानलाई थप आकर्षक बनाउन साप्ताहिक लक्की ड्रको व्यवस्था गरिएको छ, जसअन्तर्गत सहभागी ग्राहकहरूले रूपाकोट रिसोर्टमा लक्जरी गेटवे जित्ने अवसर पाउनेछन् ।
डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ वर्ष नयाँ यात्रा र अवसर सुरु गर्ने समय भएको उल्लेख गर्दै ‘नयाँ युगको नयाँ राइड’ अभियानमार्फत ग्राहकलाई प्रिमियम स्कुटरसँगै विशेष अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीले यस अफरमार्फत ग्राहकलाई आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर दिने विश्वास व्यक्त गरेको छ ।