भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

वीरगञ्ज  । भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।     

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।      

पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।   

Share News