काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् । गृह मन्त्रालयमा बसेको बैठक सम्पन्न भइसकेको छ ।
सरकारले केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि उनले थप सुरक्षा ब्रिफिङ लिएका हुन् ।
सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।