काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा भएका छन् । शनिबार बबरमहलबाट पक्राउ परेका सात जना मध्ये एक जना बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए ।
सिन्धुलीका वर्षीय विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार ६ जना रिहा भएका छन् ।
धमलालाई भने थुनामा राखेर अनुसन्धान गरिनेछ । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।