काठमाडौं । भत्काउँदै गरेको शेरबहादुर देउवा निवास नेपाल प्रहरीले रोकेको छ । आइतबार बुढानीलकण्ठ पुगेर प्रहरीले घर नभत्काउन भनेको हो । प्रहरीले प्रमाणहरू नष्ट हुने भन्दै घर भत्काउन नदिएको हो ।
सरकारले देउवा परिवारको सम्पत्ति र जेनजी आन्दोलनमा भेटिएको पैसाको छानबिन गर्न लागिएको बुझिएको छ । परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति छानबिन गर्ने तयारी सरकारले गरेको हो ।
हाल देउवा परिवार हङकङमा छ । देउवा उपचार गर्न भन्दै एक महिनाअघि सिंगापुर गएको थियो । उनीहरू सिंगापुरबाट हङकङ गएको बुझिएको छ ।
