काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले अमानवीय ढंगले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।
गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीलाई धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।
श्रीमानले सहनीलाई घरायसी वादविवादका कारण योजना बनाई क्रुर अमानवीय तवरले धारिलो हतियार (दाउ) प्रहार गरी श्रीमतीको बाँया खुट्टा काटी गम्भीर घाइते बनाएका थिए ।
घाइते बनाइ छाडी भागी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा स्थानीयहरूको सहयोगमा तत्कालै घाइतेलाई उपचारको लागि एल. एस. न्यूरो एण्ड जेनेरल हस्पिटलमा परवानीपुर बारामा पठाइएको थियो ।