काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन समिति खारेज भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन खारेज भए १५ गतेबाट भङ्ग गरिएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन समितिका अध्यक्ष राजु ओलियाले जानकारी दिए ।
‘१३ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन खारेज भए १५ गतेबाट भङ्ग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ सूचनामा बताइएको छ ।
