काठमाडौं । ललितपुर जिल्ला अदालतमा खाजा खाने समयमा सेवाग्राहीले सेवा पाउने भएका छन् ।
अदालतले सूचना जारी गर्दै अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो ।
‘कर्मचारीहरूको लागि दिउँसोको खाजा समय प्रत्येक आइतबारदेखि बिहिबारसम्म १: ३० बजेदेखि २ : ३० सम्म र शुक्रबारका दिन १ देखि २ बजेसम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेको छ,’ सूचनामा उल्लेख छ ।