काठमाडौं । सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय, स्कुल तथा कलेजहरूमा आइतबार र शनिबार बिदा दिने निर्णय गरेको हो ।
अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय भएको हो ।
पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले यस्तो निर्णय गरेको हो ।