सरकारले पेट्रोलबाट चल्ने गाडी ईभीमा रुपान्तरण गर्न कानुन बनाउने

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने कानुन बनाउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सरकारले अब नयाँ कानुन बनाएर विद्युतीय गाडी प्रोत्साहन गर्न लागेको हो । 

Share News