काठमाडौं । नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ । दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा धमाकेदार इन्ट्री गरेको थियो । त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले कहिल्यै बिर्सन सक्दैन ।
नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । र यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको छ ।
सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन । एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ ।
दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो इभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ ।
सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ ।
साथै यसमा नेपालमा उपलब्ध एसयुभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ । साथै, यसमा इन्डस्ट्रिी फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिंग र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ ।
ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुशी छन् । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ ।
साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड् सिएटिएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिंग साइकल ५००० रहेको छ । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिंग लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ ।