काठमाडौंं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर-सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा 'फोटोन ईभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ । यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो ।
यस अभियान अन्तर्गत फोटोनले सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ । फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ । पहिलो चरण २०८२, चैत २२ देखि २०८३, वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ । दोस्रो चरण २०८३, वैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिनेछ । यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्नेछन् ।
क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन् । यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुनेछ । यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछन् ।
फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर-सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ । एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिन्छ । साथै, नेपालभर १६६ भन्दा बढी सीसीएसटू टाइप डीसी फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको छ ।
फोटोनको विश्वव्यापी 'टोटल केयर' अवधारणा अनुसार प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ । नेपालमा एमएडब्लू वृद्धीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको छ ।
ग्राहकहरूले सेवा बुकिङका लागि ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न वा नजिकको फोटोन शोरूम वा सर्भिस सेन्टरमा जान सक्नेछन् ।