भ्यासलिनको ‘पिंक कार्पेट’ सरप्राइज : नयाँ ग्लुटा–ह्या सिरम-इन-लोशन बजारमा सार्वजनिक

काठमाडौं । युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो विश्वव्यापी रूपमा चर्चित उत्पादन ‘भ्यासलिन ग्लुटा–ह्या सिरम-इन-लोशन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘स्टपर स्किन’ नामक एक विशेष प्रत्यक्ष (लाइभ) सडक कार्यक्रममार्फत उत्पादन सार्वजनिक गरेको हो ।

परम्परागत लन्च कार्यक्रमभन्दा फरक शैली अपनाउँदै आयोजना गरिएको यस अभियानले राजधानीका व्यस्त सार्वजनिक स्थानहरूलाई एकाएक आकर्षक दृश्यमा परिणत गर्यो । कुनै पूर्व सूचना वा ब्रान्डिङबिना नै भीडभाडयुक्त क्षेत्रमा अचानक चम्किलो ‘पिंक कार्पेट’ बिछ्याइयो, जसले सर्वसाधारणको ध्यान तुरुन्तै खिच्यो र उनीहरूलाई कार्यक्रममा सहभागी हुन प्रेरित गर्यो ।

यस क्रममा चर्चित कलाकार तथा प्रभावशाली व्यक्तित्वहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका माहत पिंक कार्पेटमा आत्मविश्वासका साथ उत्रिएका थिए । उनीहरूको उपस्थितिले कार्यक्रमलाई झन् आकर्षक बनाउँदै वरपरको सामान्य वातावरणलाई केही समयका लागि रोकिदिएको देखिन्थ्यो ।

युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामीका अनुसार ‘स्टपर स्किन’ अभियानको मूल सन्देश आत्मविश्वास र आफ्नै छालाप्रतिको विश्वासमा आधारित छ । उनले भनिन्, 'आकर्षणको केन्द्र कुनै व्यक्ति होइन, आत्मविश्वासी छाला हो । हाम्रो उत्पादनले स्वस्थ, उज्यालो र चम्किलो छाला प्रदान गर्दै यही सन्देशलाई व्यवहारमा उतार्छ ।'

नयाँ ‘ग्लुटा–ह्या सिरम-इन-लोशन’ हल्का, छिटो अवशोषित हुने र चिपचिपाहट नराख्ने विशेषतासहित आएको कम्पनीले जनाएको छ । यसको उन्नत प्रविधिले छालालाई गहिरोसम्म पोषण दिँदै उज्यालोपन र नमी कायम राख्न सहयोग गर्ने दाबी गरिएको छ ।

डिजिटल प्रचारप्रसारले भरिएको वर्तमान समयमा भ्यासलिनले फरक शैलीमा उत्पादन सार्वजनिक गर्दै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको जनाएको छ । कम्पनीका अनुसार यस्तो अनुभवात्मक अभियानले युवा पुस्तासँग सशक्त सम्बन्ध निर्माण गर्न मद्दत पुर्याउँछ ।

उक्त उत्पादन हाल बजारमा २०० मिलिलिटर र ७० मिलिलिटर प्याकमा उपलब्ध रहेको छ भने अनलाइन तथा अफलाइन दुवै माध्यमबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

Share News