काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने ४ सयले बढेर सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
साथै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ४ हजार ८ सय २० रुपैयाँले बढेको हो ।