काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३४५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्र पावरको भएको छ । न्यादीको २४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङ मिल्सको २४ करोड २१ लाख, आँखु खोला जलविद्युतको २३ करोड ५७ लाख, एसवाई प्यानलको २३ करोड ४८ लाख र नेसनल हाइड्रोको २३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रो, सुपर खुदि, स्वेत गंगा हाइड्रो, रिडिज लाइन इनर्जी र सूर्यकुन्ड हाइड्रोको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।