पूर्वपत्नीको जाहेरीले जीपी तिमिल्सिना पक्राउ

काठमाडौं । सञ्चारकर्मी जीपी तिमिल्सिना पक्राउ परेका छन् । पूर्वपत्नीसमेत रहेकी पूर्वमिस नेपाल उषा खड्गीले जाहेरी दिएपछि जीपी पक्राउ परेका हुन् ।

परिसरका डीएसपी प्रकाश जबेगुले जीपीले मंगलबार पक्राउ परेको जानकारी दिए । ‘हामीले तिमिल्सिनालाई पक्राउ गरेका छौं,’ उनले भने ।

उषा खड्गीले तिमिल्सिनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन् । 

केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत पूर्वपतिविरुद्ध अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

Share News