टौरियन एमपिएस लिमिटेडको आधिकारिक डिलरमा आरबीजी इन्टरनेसनल नियुक्त

काठमाडौं । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी पहिचान बनाएको टौरियन एमपिएस लिमिटेडले नेपालका लागि आरबीजी इन्टरनेशनल प्रालिलाई आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ ।

मंगलबार काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच साझेदारीको औपचारिक घोषणा गरिएको हो । उक्त समारोहमा टौरियन एमपिएसका तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन र अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पठानिया को उपस्थिति थियो । 

यस्तै, आरबीजी इन्टरनेसनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार र निर्देशक श्यामल झा ले साझेदारी पत्रमा हस्ताक्षर गर्दै उच्चस्तरीय प्रतिबद्धता व्यक्त गरे । 

नेपालमा पछिल्लो समय जलविद्युत र पूर्वाधार निर्माणका आयोजनाहरू तीव्र गतिमा अघि बढिरहेका छन् । यस्ता ठूला आयोजनामा आवश्यक पर्ने उच्च क्षमताका क्रसर प्लान्ट र मटेरियल प्रोसेसिङ उपकरणहरूको मागलाई सम्बोधन गर्न यो साझेदारी गरिएको हो । 

सन् २००५ मा स्थापित टौरियन एमपिएसले उत्तर अमेरिका, रसिया र मध्यपूर्वपछि अब नेपाली बजारमा आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ । सन् २०१९ देखि निर्माण उपकरण र केमिकल क्षेत्रमा सक्रिय आरबीजी इन्टरनेसनलले यस साझेदारीमार्फत अब क्रसर प्लान्टको क्षेत्रमा पनि पाइला टेकेको छ ।

कम्पनीले गुणस्तरीय उपकरणका साथै चुस्त ’आफ्टर सेल्स सर्भिस’ (बिक्रीपछिको सेवा), न्यून डाउनटाइम र दीर्घकालीन सञ्चालनको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ ।

यस सहकार्यले नेपालमा अत्याधुनिक क्रसिङ प्रविधि भित्र्याउने र देशको औद्योगिक तथा भौतिक पूर्वाधार विकासमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ । 

Share News