७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ अंकले बढेर २८०२ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, रिलाइन्स स्पिीनिङको ४२ करोड, शिवम् सिमेन्टको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड र एनआरएनको ३० करोड रुपैयाँ बराबरको कारोबारको भएको छ ।

बुधबारको कारोबारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ, श्रीनगर एगरिटेक, सोलु हाइड्रो, होटल फोरेस्ट र सुपर खुदि हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका सकारात्मक सर्किट लागेको छ ।     

Share News