काठमाडौं । नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा नेपालका विभिन्न होटल तथा रिसोर्टहरूले आकर्षक ‘न्यु इयर प्याकेज’ सार्वजनिक गर्न थालेका छन् । विशेषगरी परिवार, जोडी तथा घुमफिर गर्न चाहनेहरूलाई लक्षित गर्दै बसाइँ, खाना, मनोरञ्जन र अतिरिक्त सुविधासहितका प्याकेज ल्याइएका हुन् ।
दुषित प्रिन्स होटल
काठमाडौंको लाजिम्पाटमा अवस्थित पाँचतारे होटल दुषित प्रिन्सले नयाँ वर्ष लक्षित ‘न्यु इयर इभ’ अफर सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ३ हजार ४९९ मा होटलले बफेट डिनर, पेयपदार्थसहित विभिन्न सुविधाहरू समावेश गरेको छ । होटलका अनुसार न्यु इयर इभ बेलुका सात बजेपछि सुरु हुने छ ।
लाइफ म्युजिक, किवु स्काई लाउन्ज, एसएओआइर्ए र स्टे प्याकेजहरू उपलब्ध छन् । साथै वेवभरेजमा २० प्रतिशत डिस्काउन्ट हुने जनाएको छ ।
होटेल ले हिमालय
लाजिम्पाटमा रहेको होटल ले हिमालयले नयाँ वर्षलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ वर्षलाई उल्लास र थप उत्साहित बनाउनका लागि होटलले न्यु ईयर इभको दिन ६ हजार रुपैयाँमा ब्रेकफास्ट, र वेलकम डिंक समावेश गरिएको छ ।
र्याडिसन होटल
लाजिम्पाटमै रहेको र्याडिसन होटलले पनि न्यु ईयर इभ प्याकेज सार्वजनिक गरेको छ । होटलले प्रतिव्यक्ति ३ हजार ९९९ रुपैयाँ र प्रतिजोडी ७ हजार ४९९ रुपैयाँमा ल्याभिस बफेड डिनरसहित विभिन्न सेवाहरु उपलब्ध हुने जनाएको छ ।
होटलका अनुसार उक्त प्याकेजभित्र लाइभ म्युजिक, स्नाक्स एण्ड डिर्जट काउन्टर, वान राउण्ड कक्टेल/मक्टेल समावेश गरिएको छ ।
त्यस्तै, वेभरेजमा २० प्रतिशत र ५ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि ५० प्रतिशत छुट प्रदान गरेको छ ।
लेमन ट्री
बुढानीलकण्ठमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियर होटलले ‘न्यु इयरर्स इभ गाला एण्ड स्टे’ प्याकेज ल्याएको छ ।
इभ गाला डिनर एण्ड स्टेको प्रति जोडी १८ हजार ९९९ र डिनर एण्ड स्टेको लागि मात्रै हो भने प्रति जोडी १५ हजार ४९९ तोकिएको छ । यी दुवै प्याकेजमा ब्रेकफास्ट पनि समावेश गरिएको छ ।
त्यस्तै, होटलले नयाँ वर्षको दिन न्यु ईयर ब्रञ्च प्याकेज ल्याएको छ । उक्त दिन होटलले प्रति व्यक्ति २ हजार ४९९ मा वेलकम ड्रिक, ल्याभिस बफेट ब्रञ्च र लाइभ काउन्टरर्समा पेयपदार्थमा १५ प्रतिशत छुट प्रदान गरेको छ ।
होटल मनाङ
ठमेलमा रहेको चारतारे होटल होटल मनाङले न्यु इयर इभ कार्यक्रम सार्वजनिक गरेको छ । होटलले लाइभ म्युजिक, नेपाली कल्चरल सो आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा आउने पाहुनाले प्रतिव्यक्ति २ हजारस ९९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । टिकट अनलाइनबाट समेत बुकिङ गर्न सकिने होटलले जनाएको छ । त्यस्तै, कार्यक्रम अवधिभरि अललिमिटेड स्नाक्स र बफेट डिनर हुने छ । त्यस्तै, डिनर पनि समावेश छ ।
माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट
पोखरास्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले नयाँको अवसर पारेर विभिन्न प्याकेजहरू ल्याएको छ । नयाँ वर्षको पूर्वसन्ध्याका लागि प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँको विशेष प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेजमा एक रात बसाइँ, विशेष पूर्वसन्ध्या डिनर र बुफे ब्रेकफास्ट समावेश छन् । साथै अतिथिहरूले इनडोर खेलहरू, स्विमिंग पूल, स्टीम, सौना र ज्याकुजी जस्ता सुविधाहरूको पनि उपयोग गर्न सक्नेछन् ।
त्यसैगरी, नयाँ वर्षको दिन ‘फ्यामिली डे प्याकेज’ अन्तर्गत प्रतिव्यक्ति १ हजार ९९९ रुपैयाँको व्यवस्था गरिएको छ । यस प्याकेजमा लाइभ संगीत तथा डिजे, स्विमिङ पूल पहुँच, अनुहार चित्रकला, घोडा सवारी र बालबालिकाका लागि खेल क्षेत्र जस्ता आकर्षक गतिविधिहरू समावेश छन् ।
रिसोर्टले थप सुविधा स्वरूप नयाँ वर्षको ब्रन्च १ हजार ५०० रुपैयाँमा एड–अनको रूपमा उपलब्ध गराउने जनाएको छ । साथै समूहमा आउने पाहुनाका लागि पिकअप तथा ड्रप सेवा समेत उपलब्ध गराइनेछ ।
चन्द्रगिरी हिल्स
चन्द्रागिरी हिल्स रिसोर्टले नयाँ वर्षको पूर्वसन्ध्यालाई लक्षित गरेर अकोमोडेसन प्याकेजसहित विभिन्न अफर सार्वजनिक गरेको छ । रिर्सोटले नयाँ वर्ष पूर्वसन्ध्यामा आउने पाहुनाहरूलाई होटल रुममा विशेष छुट आफर ल्याएको हो ।
रिर्सोटले स्टान्डर्ड डबल रुमको २१ हजार ९९९, डिलक्स डबल रुमको २२ हजार ९९९ र एक्जुक्युटिभ डबल रुमको २३ हजार ९९९ रुपैयाँ सार्वजनिक गरेको छ । यसबाहेक अन्य सेवाहरुमा पाहुनालाई स्वागत स्वरुप वेलकम ड्रिंक, राउन्ड–ट्रिप केबल कार सवारी, लाइभ म्युजिक, बीबीक्यू स्न्याक्स र गाला डिनरको व्यवस्था गरिएको छ ।
त्यस्तै, भोलि बिहान बुफे ब्रेकफास्ट स्प्रेड, विशेष खालका जस्तै बिलियड्र्स, ब्याडमिन्टनजस्ता गेमहरू पाहुनाहरूको लागि सार्वजनिक गरेको छ । त्यस्तै, स्पा सेवाहरूमा २० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ।
मनकामना हिलक्रेस्ट रिसोर्ट
उपत्यका बाहिर अर्थात मनकामनामा अवस्थित मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ नयाँ प्याकेज सार्वजनिक गरेको छ । रिर्सोटले प्रति जोडी १५ हजार ९९९ रुपैयाँ (करसहित) ल्याइएको उक्त अफरमा बसाइ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ । रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको छ ।
मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ ।
यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मक्टेल निःशुल्क उपलब्ध गराइनेछ । साथै बफेट डिनरको व्यवस्था गरिएको छ ।
भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ।
प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ । नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ ।
रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ ।
कान्तिपुर भिलेज होटल
नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै कान्तिपुर भिलेज बुटिक होटलले आकर्षक अफर सार्वजनिक गरेको छ ।
होटलका अनुसार खुला आकाशमुनि छानामा तयार गरिएको सेटिङमा अतिथिहरूले उत्सवमय रातको अनुभव लिन सक्नेछन् । कार्यक्रम अन्तर्गत २ शट ह्विस्की वा २ गिलास बियर, लाइभ बारबेक्यू, संगीत तथा नयाँ वर्ष विशेष बुफे डिनरको व्यवस्था गरिएको छ ।
प्याकेजमा आगमनमा स्वागत पेय पदार्थ, ‘सारथी’ विशेष ककटेल वा मकटेलको एक गिलास, इन्फिनिटी स्विमिंग पूल तथा ज्याकुजी पहुँच, बिहानको नास्ता, सुरक्षित पार्किङ र न्यानो आतिथ्य समेत समावेश गरिएको छ ।
प्रिमियम भोजन, भावपूर्ण संगीत र स्मरणीय क्षणहरूको संयोजनसहितको यो अफर राजधानीमै नयाँ वर्ष मनाउन चाहनेका लागि आकर्षक विकल्प बन्ने होटलले जनाएको छ ।