काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन छलफल गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतले श्रममन्त्री साहलाई हटाउने वा निरन्तरता दिने विषयमा छलफल भएको विकासन्युजलाई जानकारी दियो ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन श्रममन्त्री साहको कामकाजबाट सन्तुष्ट छैनन् ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए ।