८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८ अंकले बढेर २८५१ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बिहीबार ३३८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावरको भएको छ । नेसनलको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै रिडि पावरको ४१ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड र एसवाई प्यानलको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, रिलाइन्स स्पिीनिङ, भुजुङ हाइड्रो, रिडिज लाइन र सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।        

Share News