काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा केयी (Kaiyi) गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. र जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारी साधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
उक्त एक्सचेन्ज क्याम्प अप्रिल १० देखि १२, २०२६ (२०८२ चैत २७–२९) सम्म देशभर रहेका आधिकारिक केयी प्रदर्शनी कक्ष (शोरूम)हरूमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् ।
काठमाडौंमा कार्यक्रम थापाथलीस्थित केयी प्रदर्शनी कक्ष नजिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी आगन्तुकहरूले प्रत्यक्ष खाना स्टल (लाइभ फूड स्टल) तथा मनोरञ्जनात्मक गतिविधिसहित उत्सवमय वातावरणको अनुभव लिन सक्नेछन् ।
नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ ।
कार्यक्रममा ग्राहकहरूले केयीका इलेक्ट्रिक तथा सहरी कम्प्याक्ट मोडलहरू, केयी ई–क्यूट ०२, केयी ई–क्यूट ०४ र केयी एक्स–३ प्रो ईभीबारे जानकारी लिन र अवलोकन गर्न सक्नेछन् ।
थप जानकारीका लागि ग्राहकहरूले ९८०१२०२००० वा ९८०१२०११०३ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।